Like us!
Follow us!

मुक्तिनाथ विकास बैंकले गर्यो लाभांश घोषणा, नगद र बाेनस कति ?

मुक्तिनाथ विकास बैंकले गर्यो लाभांश घोषणा, नगद र बाेनस कति ?

लगानी खबर, काठमाडाैँ - मुक्तिनाथ विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ  ।

बैंकको कार्तिक १२ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १७.५७५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.९२५ प्रतिशत नगद गरी कुल १८.५० प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

बैंककाे सूचना हेर्नुहाेस् :

617e26792b9d6.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।