Like us!
Follow us!

सिभिल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सिभिल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

लगानी खबर, काठमाडाैँ - सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन छ । संस्थाले साधारण सभा र २० प्रतिशत लाभांश वितरण प्रयोजनार्थ १४ कात्तिकमा बुकक्लोज गर्दैछ ।

यसर्थ, शुक्रबार र शनिबार सेयर कारोबार नहुने हुँदा आज बिहीबार नै कायम सेयरधनीले लाभांश सुरक्षित गर्ने अन्तिम दिन भएको हो ।

कम्पनीको १०औँ साधारण सभा २८ कात्तिकमा बोगनभिल्ला इभेन्ट्स त्रिपुरेश्वरमा बोलाएको छ । सभामा कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित एक प्रतिशत नगद गरी कुल एक प्रतिशत लाभांश वितरण गर्दै छ । ९  कात्तिकमा दोस्रो बजारमा आशा लघुवित्तको सेयर प्रतिकित्ता एक हजार ८४० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।