Like us!
Follow us!

स्वरोजगार लघुवित्तको २५ प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

स्वरोजगार लघुवित्तको २५ प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

लगानी खबर, काठमाडाैँ - स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आज (बिहीबार) अन्तिम दिन रहेकाे छ । संस्थाले साधारण सभा प्रयोजनका लागि कात्तिक १२ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्दैछ । त्यसैले, आज बिहीबारसम्म कायम सेयरधनीले बोनस सेयर सुरक्षित गर्न सक्नेछन् । 

कम्पनीले लाभांश प्रस्ताव पारित गर्न २७ कात्तिकमा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको छ ।  

सभामा कम्पनीले २५ प्रतिशत बोनस सेयर वितरण गर्ने मुख्य प्रस्ताव रहेको छ । सभामा अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गरी सोही बमोजिम प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ ।

यता, अन्य कुनै वित्तीय संस्थालाई मर्ज वा एक्वायर गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि छ । सर्वसाधारण सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकहरूको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्ने लगायतका प्रस्ताव छन् । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।