Like us!
Follow us!

कामना सेवा विकास बैंककाे सेयरमूल्य समायोजन

कामना सेवा विकास बैंककाे सेयरमूल्य समायोजन

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कामना सेवा विकास बैंक लिमिटेडकाे सेयरमूल्य समायोजन भएको छ ।

बैंककाे १८.५० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ६ सय ७ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हाे ।  नेप्सेले मंगलबारकाे अन्तिम कारोबार मूल्य ७ सय १९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंकको असाेज ७ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १८.५० प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.९७ प्रतिशत नगद गरी कुल १९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ ।

बैंककाे १५ औं वार्षिक साधारण सभा कात्तिक २३ गते, मंगलबार, पार्क भिलेज रिसाेर्ट, बुढानीलकण्ठ, काठमाडाैँमा बिहान १० बजेदेखि सुरू हुँदैछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।