Like us!
Follow us!

मध्य भोटेकोशीको आईपीओ बाँडफाँडकाे साइत जुर्याे

मध्य भोटेकोशीको आईपीओ बाँडफाँडकाे साइत जुर्याे

लगानी खबर, काठमाडाैँ - मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) काे बाँडफाँड कार्तिक १२ गते, शुक्रबार हुने भएकाे छ । उक्त आईपीओकाे बाँडफाँड शुक्रबार बिहान ९ बजे निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलकाे कार्यलयमा हुनेछ ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । जसमध्ये, ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता सामुहीक लगानी कोष र ४ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी ८१ लाख ९० हजार कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको थियाे ।

कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्म २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट ३ करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन परेको थियो । मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाबाट वितरण गरिनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।