लगानी खबर, काठमाडाैँ - साधना लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशन गरेकाे छ ।
उक्त विवरण अनुसार समिक्षा अवधिसम्म आइपुग्दा संस्थाले ३ करोड २९ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ८८.३९ प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा संस्थाले १ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ५८९.२७ प्रतिशतले बढेर ४ करोड ५३ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ७१ लाख ५८ हजार रूपैयाँमा सिमित रहेको थियो । त्यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि १३०.७२ प्रतिशतले बढेर ७ करोड २१ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा संस्थाको अन्य सञ्चालन आम्दानी भने १८.६७ प्रतिशतले बृद्धि भएको छ ।
त्यस्तै, संस्थाको चुक्ता पुँजी २५ करोड ६९ लाख रुपैयाँ र जगेडा कोषमा १६ करोड २१ लाख रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) ५१ रुपैयाँ २२ पैसा र प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ १ पैसा रहेको छ भने समिक्षा अवधिमा संस्थाको मूल्य आम्दानी रेसिया (पिई रेसियो) ३५.८५ गुणा रहेको छ ।
वित्तिय विवरण हेर्नुहाेस् :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।