लगानी खबर, काठमाडाैँ - कामना सेवा विकास बैंक लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (कार्तिक ९ गते, मंगलबार) अन्तिम दिन रहेकाे छ ।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि भाेलि कात्तिक १० गते एक दिनको लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज कार्तिक ९ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
बैंककाे असाेज २५ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे १५ औं वार्षिक साधारण सभा कात्तिक २३ गते, मंगलबार, पार्क भिलेज रिसाेर्ट, बुढानीलकण्ठ, काठमाडाैँमा बिहान १० बजेदेखि सुरू हुनेछ ।
सभामा बैंकको असाेज ७ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १८.५० प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.९७ प्रतिशत नगद गरी कुल १९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।