Like us!
Follow us!

नेप्सेमा २ कम्पनीकाे सेयरमूल्य समायोजन

नेप्सेमा २ कम्पनीकाे सेयरमूल्य समायोजन

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कुमारी बैंक लिमिटेड र गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य समायोजन भएको छ ।

कुमारी बैंककाे ६ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता २ सय ६४ रूपैयाँ १५ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।  नेप्सेले आइतबारकाे अन्तिम कारोबार मूल्य २ सय ८० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

त्यसैगरी, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १६.९०६४ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार ३ सय ४८ रूपैयाँ ०९ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।  नेप्सेले आइतबारकाे अन्तिम कारोबार मूल्य एक हजार ५ सय ७६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।