Like us!
Follow us!

छुट्ला है ! सामलिङ्ग पावरकाे आईपीओमा आवेदन दिने आज अन्तिम मौका

छुट्ला है ! सामलिङ्ग पावरकाे आईपीओमा आवेदन दिने आज अन्तिम मौका

लगानी खबर, काठमाडाैँ - सामलिङ्ग पावर कम्पनी लिमिटेडले निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज (कार्तिक ८ गते अन्तिम दिन रहेको छ । कम्पनीले कार्तिक ४ गते देखि  ७ लाख ३० हजार कित्ता साधारण सेयर निष्काशन तथा बिक्रि खुल्ला गरेको थियो । 

निष्काशित सेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ६ सय कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ६ लाख ७८ हजार ९ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको कामनेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले गरेकाे छ । लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट तथा सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी बीबी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।