आरटिजीएस (रियल टाइम ग्रस सेटलमेन्ट) प्रणाली आज शनिबार पनि चल्ने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै आरटीजीएस प्रणाली शनिबार पनि चालु हुने जानकारी दिएको हो ।
राष्ट्र बैंकका अनुसार आरटिजीएस प्रणाली आज बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म खुला रहनेछ । विकास ऋणपत्र २०७९ ‘ख’ को ब्याज भुक्तानी प्रयोजनका लागि आरटिजीएस प्रणाली चालु गरिएको हो ।
आरटिजीएस प्रणाली ठूलो मुल्यका र तत्काल गरिने भुक्तानीहरू विकास बैंक र वित्त कम्पनीका ग्राहक वा अन्तर बैंक भुक्तानीको लागि प्रयोग गर्न सकिनेछ । ग्राहकहरूले आरटिजीएस प्रणाली प्रयोग गर्न आफ्नो बैंक तथा वित्तीय संस्थासँग सम्पर्क गरि उपलब्ध फारम भर्नु पर्छ ।
एनएचसीएलले बैंक तथा वित्तीय संस्थालाई थप सुविधा प्रदान गर्न शून्य लागतमा कनेक्ट आरटिजीएस प्रणाली प्रदान गरेको हो । जुन नेपाल राष्ट्र बैंकले लागू गरेको आरटीजीएस प्रणालीसँग र बैंक तथा वित्तीय संस्थाका कोर बैंकिङ्ग प्रणालीसँग इन्टिग्रेट गरिएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
news.laganikhabar@gmail.com मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।