Like us!
Follow us!

महिला लघुवित्तको लाभांश परिमार्जन, झनै बढ्यो बोनस

महिला लघुवित्तको लाभांश परिमार्जन, झनै बढ्यो बोनस

लगानी खबर, काठमाडाैँ - महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश परिमार्जन भएको छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार संस्थाको हिजाे (कार्तिक ५ गते, शुक्रबार) बसेको सञ्चालक समितिको बैठकले लाभांश परिमार्जन गरेको हो । परिमार्जित लाभांश अनुसार अब संस्थाले ४७.५ प्रतिशत बाेनस र २.५ प्रतिशत नगद वितरण गर्नेछ । 

यसअघि असोज २२ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

सूचना हेर्नुहाेस् :

No description available.

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।