Like us!
Follow us!

न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुस् नतिजा

न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुस् नतिजा

लगानी खबर, काठमाडाैँ - न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले असोज १५ गतेदेखि असाेज १९ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज (कार्तिक ५ गते, शुक्रबार) सम्पन्न भएकाे छ । 

मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । अन्तिम दिनसम्म २२ लाख ५५ हजार ८४ जना आवेदकले २ करोड ७० लाख ८९ हजार १ सय ५० कित्ताको लागि आवेदन दिएका थिए । जसमध्ये १३ हजार ९ सय ४६ जनाको आवेदन रद्द भएको छ । जस अनुसार २ लाख ९ हजार २ सय ५० जनाले मात्र १० कित्ताको दरले सेयर प्राप्त गरेका छन् । बाँकी २० लाख ५२ हजार बढी आवेदककाे हात खाली भएकाे छ ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियाे । जसमध्ये ५% अर्थात् १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोष, २% अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी २० लाख ९२ हजार ५ सय कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएकाे थियाे ।

यसरी हेर्नुस् नतिजा : 

रिजल्ट सार्वजनिक भएपछि कम्पनीकाे आईपीओको नजिता ४ तरिकाबाट हेर्न सकिन्छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे (https://iporesult.cdsc.com.np/) नामक वेभसाइटबाट, ग्लाेबल आईएमइ क्यापिटलकाे वेभसाइट (https://www.globalimecapital.com/) , न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडकाे वेभसाइट (https://nhl.com.np/) र  मेराे सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर त्यहाँबाट हेर्न सकिन्छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।