Like us!
Follow us!

सेयर बजारमा दाेहाेराे अंककाे गिरावट, एक कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट

सेयर बजारमा दाेहाेराे अंककाे गिरावट, एक कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट

लगानी खबर, काठमाडाैँ - आज (बिहीबार) सेयर बजारमा दाेहाेराे अंककाे गिरावट देखिएकाे छ । दाेहाेराे अंकले घटेकाे बजारमा एक कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक १४.७० अंकले घटेर २५५६.९५ विन्दुमा झरेकाे छ । नेप्से ०.५७ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ०.६५ अंकले घटेर ४८३.३९ विन्दुमा झरेको छ । 

कूल २१६ वटा कम्पनीकाे ६१ लाख ६ हजार ४ सय ५२ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ६३ करोड ५३ लाख ९० हजार ४ सय ६० रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज अन्य र सामूहिक लगानी काेषबाहेक बाँकी ११ वटा उपसमूहकाे सेयर घटेको छ ।

त्यसैगरी, बिहीबार मेराे माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार ६ सय ९५ रूपैयाँ १० पैसा पुगेकाे छ ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।