Like us!
Follow us!

फर्स्ट माइक्रोफाइनान्स बन्याे वित्तीय विवरण प्रकाशन गर्ने फर्स्ट कम्पनी

फर्स्ट माइक्रोफाइनान्स बन्याे वित्तीय विवरण प्रकाशन गर्ने फर्स्ट कम्पनी

लगानी खबर, काठमाडाैँ - फर्स्ट माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशन गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाले २ करोड ९६ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ०.२३ प्रतिशतले थाेरै हो । गत वर्षको यही अवधिमा संस्थाले  २ करोड ९७ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि ९.१७ प्रतिशतले घटेर ४ करोड ७९ लाख रपैयाँ पुगेको छ । समिक्षा अवधिमा संस्थाको अन्य सञ्चालन आम्दानी भने २८० प्रतिशतले वृद्धि भएको छ ।

यसै अवधिसम्म संस्थाको सञ्चालन मुनाफा पनि ०.२३ प्रतिशतले घटेर ४ करोड ७० लाख रुपैयाँमा सिमित भएको छ ।  गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ४ करोड ७१ लाख रूपैयाँ रहेकाे थियो ।

त्यसैगरी, संस्थाको चुक्ता पुँजी ९६ करोड ४४ लाख रुपैयाँ र जगेडा कोषमा २० करोड ३६ लाख रुपैयाँ रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) १२ रुपैयाँ ३० पैसा, प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ ११ पैसा र मूल्य आम्दानी अनुपात (पिई रेसियो) ७३.०६ गुणा रहेको छ ।

संस्थाकाे वित्तीय विवरण हेर्नुहाेस् : 

6170bff114e20.jpg

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।