Like us!
Follow us!

यी ३ वटा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका

यी ३ वटा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका

लगानी खबर, काठमाडाैँ - विभिन्न ३ वटा बैंककाे लाभांश सुरक्षित गर्ने आज (कार्तिक ४ गते, बिहीबार) अन्तिम दिन रहेकाे छ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेड र सानिमा बैंक लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (कार्तिक ४ गते, बिहीबार) अन्तिम दिन हाे ।

सांग्रिला डेभलपमेन्ट बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि कार्तिक ५ गतेदेखि कार्तिक १६ गतेसम्म बुकक्लोज गर्ने भएको छ । त्यसैले, आज कार्तिक ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । बैंकले लाभांश प्रस्ताव पारित गर्न १६ कात्तिकमा वार्षिक साधारण सभा बोलाएको छ । बैंकको १७औं वार्षिक साधारणसभा लैनचौर ब्यांक्वेट लैनचौर, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा बैंकको असोज १९ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

माछापुच्छ्रे बैंक लिमिटेडले साधारण सभा तथा लाभांश प्रयोजनको लागि कात्तिक ७ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । कार्तिक ५ गते शुक्रबार, ६ गते शनिबार परेकोले नेप्सेमा काराेबार नहुने भएकाले आज कार्तिक ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । बैंकको तेइसौँ वार्षिक साधारण सभा कात्तिक २६ गते दिउँसो ११ बजबजेदेखि भिडियो कन्फरेन्सको माध्यमबाट सञ्चालन हुनेछ । सभामा बैंककाे हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

सानिमा बैंक लिमिटेडले साधारण सभा तथा लाभांश प्रयोजनको लागि कात्तिक ७ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । कार्तिक ५ गते शुक्रबार र ६ गते शनिबार परेकोले नेप्सेमा काराृबार नहुने भएकाले आज कार्तिक ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । सभामा बैंकको १७औँ वार्षिक साधारण सभा कार्तिक १४ गते आइतबार, आम्रपाली ब्यांक्वेट, बालुवाटार, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८९ प्रतिशत नगद गरी कुल १७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।