लगानी खबर, काठमाडाैँ - सिभिल बैंक लिमिटेडलाई ऋणपत्र निष्कासन गर्न नेपाल धिताेपत्र बोर्ड (सेबाेन) ले अनुमति दिएकाे छ ।
बैंकले ९ प्रतिशत व्याजदर भएकाे १० वर्ष अवधिकाे लागि प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न असाेज २४ सेबाेनबाट अनुमति पाएकाे हाे । जसमध्ये, बैंकले १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत रुपमा र १८ लाख कित्ता सर्वसाधारणका लागि बिक्री गर्नेछ ।
बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।