Like us!
Follow us!

बैंकहरूकाे ब्याजदरमा राष्ट्र बैंककाे कडाई

बैंकहरूकाे ब्याजदरमा राष्ट्र बैंककाे कडाई

लगानी खबर, काठमाडाैँ - नेपाल राष्ट्र बैंकहरूले बैंकहरूकाे ब्याजदरमा कडाई गरेकाे छ । बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी बैंकबाट “क”, “ख” र “ग” वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गरेकाे हाे ।

नेपाल राष्ट्र बैंककाे निर्देशन हेर्नुहाेस् :

१. इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले जुनसुकै प्रकारको निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा अधिल्लो महिना प्रकाशित ब्याजदरमा बढीमा दश प्रतिशतका दरले मात्र परिवर्तन गर्न सक्नेछन्।

२. संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा एक प्रतिशत विन्दुले कम हुनुपर्नेछ ।

३. इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले उपचुँदा (१) र (२) बमोजिमको व्यवस्था २०७८ कात्तिक महिनाको लागि प्रकाशित भईसकेको ब्याजदरमा समेत संशोधन गरी मिति २०७८/०७/०३ भित्र आफ्नो वेबसाइट मार्फत सार्वजनिक गरी सोही मितिबाट लागू गर्नु पर्नेछ । यस्तो ब्याजदर मिति २०७८/०७/०५ भित्र दैनिक पत्रिकामा समेत प्रकाशन गर्नुपर्नेछ ।
 

616f723a077d4.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।