Like us!
Follow us!

न्यादी हाइड्रोको आईपीओ बाँडफाँडकाे साइत जुर्याे

न्यादी हाइड्रोको आईपीओ बाँडफाँडकाे साइत जुर्याे

लगानी खबर, काठमाडाैँ - न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले असोज १५ गतेदेखि असाेज १९ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड कार्तिक ५ गते, शुक्रबार हुने भएकाे छ । उक्त आईपीओकाे प्री-अलाेटमेन्ट हिजाे (कार्तिक २ गते, मंगलबार) सम्पन्न भएकाे थियाे ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियाे । जसमध्ये ५% अर्थात् १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोष, २% अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी २० लाख ९२ हजार ५ सय कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएकाे थियाे ।

अन्तिम दिन सम्ममा २३ लाख ५७ हजार १ सय ६६ जना आवेदकहरूले २ करोड ९४ लाख ७७ हजार ६ सय ५० कित्ताका लागि आवेदन दिएका थिए । याे सर्वसाधारणका लागि माग गरिएकाे भन्दा १४.०८ गुणा धेरै हो ।  

मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेदाप्रथाबाट बाँडफाँड गरिनेछ । गाेलाप्रथाबाट बाँडफाँड गर्दा २ लाख ९ हजार २ सय ५० जना आवेदकहरूले १० कित्ताका दरले सेयर हात पार्नेछन् । बाँकी २१ लाख ४७ हजार जना आवेदककाे भने हात खाली हुनेछ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।