Like us!
Follow us!

रैराङ हाइड्रोपावरकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

रैराङ हाइड्रोपावरकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

लगानी खबर, काठमाडाैँ - रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (कार्तिक ३ गते, बुधबार) अन्तिम दिन रहेकाे छ । 

कम्पनीले अठारौं वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कार्तिक ४ गते बिहीबार एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, आज (कार्तिक ३ गते, बुधबार) सम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई दाखिल खारेजका लागि प्राप्त शेयरहरुबाट कायम रहेका शेयरधनीहरु मात्र लाभांशका लागि योग्य हुनेछन्।

 कम्पनीको असाेज २४ गते, आईतबार बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार कम्पनीको अठारौं वार्षिक साधारण सभा  कार्तिक १७ गते, बुधबार, कम्पनीको केन्द्रिय कार्यालय थापाथली, काठमाडौंमा जुमकाे माध्यमबाट बिहान ११ बजेदेखि सुरू हुनेछ । 

कम्पनीले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पूँजीको १२.६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पारित गर्नेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।