Like us!
Follow us!

ग्रीन डेभलपमेन्ट बैंकले कसलाई नियुक्त गर्याे सेयर रजिष्ट्रार ?

ग्रीन डेभलपमेन्ट बैंकले कसलाई नियुक्त गर्याे सेयर रजिष्ट्रार ?

लगानी खबर, काठमाडाैँ - ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको छ । 

बैंककाे सञ्चालक समितिकाे बैठकले हिजाे (कार्तिक १ गते, साेमबार) देखि लागू हुने गरी बैंककाे धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्ती गरेकाे हाे ।

अब उप्रान्त बैंककाे सेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू मुक्तिनाथ क्यापिटल लिमिटेड मार्फत हुनेछ ।

सूचना हेर्नुहाेस् :

616e639d3287f.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।