लगानी खबर, काठमाडाैँ - आज (साेमबार) सेयर बजारमा भारी गिरावट देखिएकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ६९.५१ अंकले घटेर २५८७.४५ विन्दुमा झरेकाे छ । नेप्से २.६२ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि १२.४३ अंकले घटेर ४८४.९३ विन्दुमा झरेको छ ।
कूल २१८ वटा कम्पनीकाे ८७ लाख ७६ हजार ३ सय ३७ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ९६ करोड ६८ लाख ९९ हजार ७ सय ९१ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज व्यापार बाहेक बाँकी सबै वटा उपसमूहकाे सेयर घटेको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।