Like us!
Follow us!

यी २ कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

यी २ कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

लगानी खबर, काठमाडाैँ - रिडी हाइड्राेपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (कार्तिक १ गते, साेमबार) अन्तिम दिन रहेकाे छ ।

दुवै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि भाेलि कार्तिक २ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले, आज (कार्तिक १ गते, साेमबार) सम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

रिडी हाइड्राेपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे बीसाैँ वार्षिक साधारण सभा कार्तिक १२ गते हुँदैछ । सभामा कम्पनीको असोज १४ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको करसहित १२.६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

त्यसैगरी, साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडकाे ५४औँ वार्षिक साधारण सभा कार्तिक १६ गते मंगलबार बिहान ११ बजेदेखि भिडियाे कन्फ्रेन्सिङकाे माध्यमबाट सञ्चालन हुनेछ । सभामा कम्पनीकाे चैत्र २३ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई २० प्रतिशत बाेनस सेयर तथा कर प्रयाेजनका लागि ५ प्रतिशत नगद गरि कूल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।