Like us!
Follow us!

दाेहाेराे अंकले बढ्याे सेयर बजार, १२ वटा उपसमूहमा हरियाली

दाेहाेराे अंकले बढ्याे सेयर बजार, १२ वटा उपसमूहमा हरियाली

लगानी खबर, काठमाडाैँ - दशैँ बिदा पछिकाे पहिलाे काराेबार दिन आज (आइतबार) सेयर बजार दाेहाेराे अंकले बढेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक १७.५९ अंकले बढेर २६५६.९७ विन्दुमा पुगेकाे छ । नेप्से ०.६७ प्रतिशतले बढेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.१७ अंकले बढेर ४९७.३९ विन्दुमा झरेकाे छ ।

कूल २१८ वटा कम्पनीकाे ४७ लाख ६० हजार २ सय ९५ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ४९ करोड ७३ लाख ७५ हजार ३ सय ७० रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये म्युचुअल फण्ड बाहेक बाँकी १२ वटा उपसमूहकाे सेयर बढेकाे छ ।

त्यसैगरी, आइतबार नबिल बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ८ कराेड ३२ लाख ६७ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ । आइतबार चन्द्रागिरी हिल्स लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे सेयरमूल्य ६.९७ प्रतिशतले बढेर एक हजार ३ सय ५० रूपैयाँ पुगेकाे छ । आइतबार सिटिजन्स म्युचुअल फण्ड २ काे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।