Like us!
Follow us!

९ वटा वाणिज्य बैंकको लाभांश घोषणा, हेर्नुस् कुनकाे कति ?

९ वटा वाणिज्य बैंकको लाभांश घोषणा, हेर्नुस् कुनकाे कति ?

लगानी खबर, काठमाडाैँ - हालसम्म नेप्सेमा सूचिकृत भएका विभिन्न ९ वटा वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०७७/७८ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई प्रदान गरिने लाभांशकाे घाेषणा गरेका छन् । साधारण सभाबाट पारित भएपश्चात उक्त लाभांश शेयरधनीहरूलाई वितरण गरिनेछ ।

हेर्नुस् कुन बैंककाे कति लाभांश ?

१. हिमालयन बैंक लिमिटेड

हिमालयन बैंक लिमिटेडकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको २१.३६ प्रतिशत बोनस सेयर र ४.६४ प्रतिशत नगद कर प्रयाेजनका लागि समेत गरी कुल २६ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । 

२. सानिमा बैंक लिमिटेड

 सानिमा बैंक लिमिटेडको सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १७ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.८९ प्रतिशत नगद गरी कुल १७.८९ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ ।

३. सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड

 सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडकाे असोज ८ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.९१३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.०८७ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

४. नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड 

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडकाे असाेज १७ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ११.२४ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ४.७६ प्रतिशत नगद गरी कुल १६ लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ ।

५. माछापुच्छ्रे बैंक लिमिटेड

माछापुच्छ्रे बैंक लिमिटेडकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ। 

६. स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड

स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडको असाेज १९ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि  ३.०६ प्रतिशत नगद गरी कुल १३.०६ लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । 

७. कुमारी बैंक लिमिटेड

कुमारी बैंक लिमिटेडको असाेज ११ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ६ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि २.६७ प्रतिशत नगद गरी कुल ८.६७ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । 

८. ग्लोबल आईएमई बैंक लिमिटेड

ग्लोबल आईएमई बैंक लिमिटेडको असोज २५ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.५ प्रतिशत नगद (कर प्रयोजनको लागि समेत) गरी कुल १३.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

९. नेपाल बङ्गलादेश बैंक

नेपाल बङ्गलादेश बैंक लिमिटेडकोे असोज २४ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.५ प्रतिशत नगद (कर प्रयोजनको लागि समेत) गरी कुल १५.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।