Like us!
Follow us!

आज विजया दशमी, यस्ताे छ दशैँकाे महत्व

आज विजया दशमी, यस्ताे छ दशैँकाे महत्व

लगानी खबर, काठमाडाैँ - नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी हो । आज आश्विन शुक्लपक्षको प्रतिपदाका दिन घटस्थापना गरेर नौ दिनसम्म पूजाआराधना गरिएको दुर्गाभवानीको विसर्जन गरिँदै छ । 

विजया अर्थात अपराजिता देवीको पूजाआराधना गर्दै बाजागाजाकासाथ देवीलाई विसर्जन गरिन्छ । महानवमीसम्म पूजा गरीएकी देवीको आज विधिवत रुपमा विसर्जन गरिन्छ । विसर्जन पूर्व नवरात्रभर पूजा गरिएका नौ देवीको पनि आज पूजा गरिन्छ । देवी विसर्जन गर्ने उत्तम साइत आज बिहान ८ः१९ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

घरमा देवीको आह्वान गरेको दशौंदिन विजया देवीको पूजा गरिने र नौदिनसम्म उपासना गरिएको देवीको प्रसादलाई टीका र जमराको रुपमा लगाइने भएकाले आजको दिनलाई विजया दशमी भनिएको हो ।

शुम्भ र निशुम्भ नाम गरेका राक्षसलाई देवताहरूको आग्रहमा यिनै देवीले बध गरेको कथा मार्कण्डेय पुराणमा उल्लेख छ । पुराणका अनुसार यसैदिन महिषासुर र शुम्भमाथि विजय प्राप्त गरिएको थियो । त्यस्तै भगवान रामले पनि विजया देवीको आराधना गरी दशमीकै दिन राक्षसराज रावणलाई मार्न लंका प्रस्थान गरेका थिए । 

देवी विसर्जन गरेपछि घटस्थापना गरेको घडाको जलले अभिषेक गर्ने र देवीको प्रसादलाई अन्य देवता तथा आ–आफ्ना कुलदेवतालाई चढाई मान्यजनबाट टीका जमरा लगाइन्छ ।
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।