Like us!
Follow us!

दशैंमा द क्लिफमा स्विङ गर्नेलाई १५ प्रतिशत छुट

दशैंमा द क्लिफमा स्विङ गर्नेलाई १५ प्रतिशत छुट

लगानी खबर, काठमाडाैँ - विश्वकै अग्लो स्विङ सन्चालन गरिरहेको द क्लिफ प्रालिले दशैंको अवसरमा स्विङ गर्नेलाई १५ प्रतिशत छुट घोषणा गरेको छ । सात हजार शुल्क रहेको स्विङ नवमी, टीका र एकादशीका दिन ५ हजार ९ सय ५० मा खेल्न सकिने बताइएको छ ।

कालीगण्डकी नदिको खोँचमा निर्माण भएको पर्वतको कुश्मा र बाग्लुङको बलेवा जोड्ने पुलको उचाइ २ सय २८ मिटर छ । सोही पुलको बिचमा   स्विङ र बन्जीको जम्प गर्ने प्लाटफर्म रहेको छ । स्विङमा एक्लै र दुइजना एकसाथ बसेर मज्जा लिन सकिन्छ । 

विश्वकै अग्लो स्काई साइक्लीङ समेत निर्माण गरेको कम्पनीले नेपालमै पहिलोपटक स्काइ चियर समेत सन्चालनमा ल्याएको छ । द क्लिफको गुलेली पिङ, पारिवारिक पिङ र हाइ रोप स्टेसन पनि अहिले युवाहरू माझ निकै लोकप्रिय छन् । उक्त क्षेत्रलाई एड्भेन्चर हबका रुपमा बिकास गर्ने योजना भएको र भविष्यमा अन्य गतिविधि समेत थपिने कार्कीले बताए।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।