Like us!
Follow us!

लाभांश पारित गर्न कामना सेवा विकास बैंकले डाक्याे साधारण सभा

लाभांश पारित गर्न कामना सेवा विकास बैंकले डाक्याे साधारण सभा

लगानी खबर, काठमाडाैँ - कामना सेवा विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । बैंककाे असाेज २५ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे १५ औं वार्षिक साधारण सभा कात्तिक २३ गते, मंगलबार, पार्क भिलेज रिसाेर्ट, बुढानीलकण्ठ, काठमाडाैँमा बिहान १० बजेदेखि सुरू हुनेछ ।

सभामा बैंकको असाेज ७ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १८.५० प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.९७ प्रतिशत नगद गरी कुल १९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि बैंकले कात्तिक १० गते एक दिनको लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, कार्तिक ९ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

सूचना हेर्नुहाेस् : 


 

616537ea1165a.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।