Like us!
Follow us!

लाभांश पारित गर्न सिटिजन्स बैंकले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

लाभांश पारित गर्न सिटिजन्स बैंकले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

लगानी खबर, काठमाडाैँ - सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले पन्ध्रौँ वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंककाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा कार्तिक १६ गते विद्युतिय माध्यमबाट बैंकको केन्द्रिय कार्यलय नारायणहिटी मार्ग दरबारमार्ग, काठमाडौँमा साँझ ४ बजेबाट सुरु हुनेछ । 

सभामा बैंकको असोज ८ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.९१३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.०८७ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि असोज २२ गते एक दिन बुकक्लोज गरिसकेको छ । त्यसैले असोज २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी, साधारण सभाले प्रस्तावित लाभांश सहित मर्जरको विशेष प्रस्ताव समेत पारित गर्नेछ । सभामा संस्थाको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ती  गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरूदछलफल गरी पारित गरिनेछ ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।