Like us!
Follow us!

साेमबार थप ७८५ जनामा कोरोना संक्रमण पुष्टि

साेमबार थप ७८५ जनामा कोरोना संक्रमण पुष्टि

लगानी खबर, काठमाडाैँ - नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८५ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार देशभर १२ हजार १ सय ९५ जनाकाे परिक्षण गर्दा कुल ७ सय ८५ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको हाे ।

त्यसैगरी, बितेको २४ घण्टामा १२ जना संक्रमितको मृत्यू भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २ सय ४३ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८ सय ८८ जना संक्रमणमुक्त भएका छन् । हालसम्मकाे निकाे हुने दर ९६.८ प्रतिशत रहेकाे छ ।

No photo description available.

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।