Like us!
Follow us!

२३.१९ अंकले घट्याे सेयर बजार, २ वटा उपसमूह हरियाे

२३.१९ अंकले घट्याे सेयर बजार, २ वटा उपसमूह हरियाे

लगानी खबर, काठमाडाैँ - आज (साेमबार) पनि सेयर बजार घटेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक २३.१९ अंकले घटेर २६३९.३७ विन्दुमा पुगेकाे छ । नेप्से ०.८७ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ५.५६ अंकले घटेर ४९४.२२ विन्दुमा झरेकाे छ ।

कूल २१९ वटा कम्पनीकाे ९३ लाख १४ हजार ७ सय ८० कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ६३ करोड ९४ लाख ६८ हजार ९३ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये २ वटा उपसमूहकाे सेयर अर्थात् म्युचुअल फण्ड र लगानी समूह बढेकाे छ भने बाँकी ११ वटा उपसमूहकाे सेयर घटेकाे छ ।

साेमबार नबिल बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे १७ कराेड १३ लाख ८५ हजार ३ सय १८ रूपैयाँ बराबरकाे काराेबार भएकाे छ । 

त्यसैगरी, यस दिन ग्लोबल आइएमई समुन्नत योजनाका इकाइधनीहरूले सर्वाधिक नाफा कमाउँदा महालक्ष्मी विकास बैंक लिमिटेडका शेयरधनीहरूले सर्वाधिक गुमाएका छन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।