Like us!
Follow us!

यसकारण ३ ब्रोकरसँग नेप्सेले माग्यो स्पष्टिकरण

यसकारण ३ ब्रोकरसँग नेप्सेले माग्यो स्पष्टिकरण

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ३ वटा ब्राेकरसँग ७ दिने स्पष्टिकरण मागेकाे छ । 

नेप्सेले सुमेरु सेक्युरिटीज पब्लिक लिमिटेड, त्रिशक्ति सेक्युरिटीज पब्लिक लिमिटेड र नासा सेक्युरिटीज कम्पनी लिमिटेडसँग ७ दिने स्पष्टिकरण मागेकाे हाे ।

सुमेरु सेक्युरिटीज पब्लिक लिमिटेडले ग्राहकले प्रदान गरेको गलत विवरण रुजु नगरी प्रविष्ट गरेको, त्रिशक्ति सेक्युरिटीज पब्लिक लिमिटेडले ग्राहक स्वयमले व्यक्तिगत पहिचान विवरण Online Registration बाट नेप्सेको TMS मा प्रविष्टि गरेको र सदस्य दलालको युजरबाट उक्त विवरण प्रमाणित गर्ने क्रममा दृष्टिभ्रम हुन गई अभिलेख हुन गएको व्यहोराको पत्र प्राप्त भएकाे र नासा सेक्युरिटीज कम्पनी लिमिटेडले ग्राहक पहिचान फारमबाट ग्राहक विवरण TMS मा प्रविष्ट गर्ने क्रममा सो कार्यमा संलग्न कर्मचारीबाट मानविय त्रुटि हुनगई बाजेको नाम प्रविष्ट गनुपर्ने ठाउँमा भुलबस ग्राहकको आमाको नाम तथा जन्म मिति प्रविष्ट गर्दा अन्यथा हुन गएको तथा हाल त्रुटि थाहा हुने बित्तिकै सच्चाएको व्यहोरको पत्र प्राप्त भएकाे नेप्सेले जनाएकाे छ ।

त्यसैले, धितोपत्र बजार सदस्यता तथा कारोबार विनियमावली, २०५५ को विभिन्न विनियम अनुसार नेप्सेले यी ३  ब्राेकरसँग ७ दिने स्पष्टिकरण मागेकाे हाे ।

सूचना हेर्नुहाेस् :

6163ecf566677.jpg 6163ecfc1ba25.jpg 6163ed0264884.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।