Like us!
Follow us!

राष्ट्र बैंकले १३ अर्ब २५ करोडको ट्रेजरी बिक्री गर्दै

राष्ट्र बैंकले १३ अर्ब २५ करोडको ट्रेजरी बिक्री गर्दै

लगानी खबर, काठमाडाैँ - नेपाल राष्ट्र बैंकले १३ अर्ब २५ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । 

बैंकले ९१ दिनकाे अवधिकाे लागि ८ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल पुस २७ गते परिपक्क हुनेछ । बैंकले १८२ दिनकाे अवधिकाे लागि २ अर्ब २५ कराेड रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल चैत्र २९ गते परिपक्क हुनेछ । यस्तै, बैंकले ३६४ दिनकाे अवधिकाे लागि ३ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०७९ साल असाेज २५ गते परिपक्क हुनेछ ।

याे ट्रेजरी बिल आज (असाेज २५ गते, साेमबार) दिउँसो ३ बजे बोलकबाेल भएर असाेज ३१ गते, आइतबार बिक्री हुने राष्ट्र बैंकले जनाएकाे छ ।

सूचना हेर्नुहाेस् :

6163e67061e1e.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।