Like us!
Follow us!

लाभांश र मर्जर प्रस्ताव पारित गर्न रैराङ हाइड्रोले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

लाभांश र मर्जर प्रस्ताव पारित गर्न रैराङ हाइड्रोले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

लगानी खबर, काठमाडाैँ - रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

कम्पनीको हिजाे (असाेज २४ गते, आईतबार) बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार कम्पनीको अठारौं वार्षिक साधारण सभा  कार्तिक १७ गते, बुधबार, कम्पनीको केन्द्रिय कार्यालय थापाथली, काठमाडौंमा जुमकाे माध्यमबाट बिहान ११ बजेदेखि सुरू हुनेछ । 

कम्पनीले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पूँजीको १२.६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पारित गर्नेछ ।

सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखा परिक्षण प्रतिवेदनसहितको आषाढ ३१, २०७८ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तिय विवरणहरु छलफल गरि स्वीकृत गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०७८/७९ का लागि बाह्य लेखा परीक्षकको नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछन् ।

त्यसैगरी, सभाले विगतका साधारण सभाहरुबाट समेत निर्णय गरे अनुरुप यस रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडलाई रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडमा गाभीने/समाहीत हुने (Merger) प्रस्ताव पारित गर्नेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।