Like us!
Follow us!

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लाभांश संशोधन, बाेनस पनि दिने

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लाभांश संशोधन, बाेनस पनि दिने

लगानी खबर, काठमाडाैँ - नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले घोषणा गरेको लाभांश संशाेधन भएकाे छ  ।

नेपाल राष्ट्र बैंककाे निर्देशन अनुसार बैंककाे हिजाे असाेज २४ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले ८  प्रतिशतले हुन आउने १ अर्ब ६० करोड बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ८ करोड ४२ लाख १० हजार ५ सय २७ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे हाे ।

यसअघि बैंककाे असाेज ४ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे ।

सूचना हेर्नुहाेस् :

6163cec134fd5.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।