Like us!
Follow us!

मध्य भोटेकोशीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

मध्य भोटेकोशीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

लगानी खबर, काठमाडाैँ - मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले असाेज २० गते, बुधबारबाट सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज (असाेज २५ गते, साेमबार) अन्तिम दिन रहेकाे छ ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये, ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता सामुहीक लगानी कोष र ४ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ८१ लाख ९० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताहरूले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, कम्पनीकाे निष्कासन तथा बिक्री प्रबन्धककाे काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गरेकाे छ । लगानीकर्ताहरूले सम्पूर्ण सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाहरू तथा मेरो सेयरमार्फत आईपीओ भर्न सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।