लगानी खबर, काठमाडाैँ - साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) सेयर बजारमा दाेहाेराे अंककाे गिरावट देखिएकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक १८.५३ अंकले घटेर २६६२.५८ विन्दुमा पुगेकाे छ । नेप्से ०.६९ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ४.९६ अंकले घटेर ४९९.७८ विन्दुमा झरेकाे छ ।
कूल २२० वटा कम्पनीकाे ७२ लाख ५१ हजार ७ सय ४४ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ४९ करोड ८० लाख ४३ हजार ५ सय ८१ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये ३ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी १० वटा उपसमूहकाे सेयर घटेकाे छ ।
आइतबार महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । संस्थाकाे १८ कराेड ९३ लाख ४९ हजार ४ सय १५ रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।
आइतबार सपाेर्ट लघुवित्तकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।
त्यसैगरी, आइतबार शिवम् सिमेन्टकाे लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।