लगानी खबर, काठमाडाैँ - सोल्टी होटेल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।
कम्पनीकाे असाेज २२ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे ४७औँ वार्षिक साधारण सभा मंसिर २८ गते, मंगलबार, कम्पनीकाे रजिष्टर्ड कार्यालय, ताहाचल, काठमाडाैँमा भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ ।
कम्पनीले लाभांश प्रस्ताव गरेकाे छैन । त्यसैले, कम्पनीका शेयरधनीहरूकाे हात खाली हुने भएकाे छ ।
साधारण सभा प्रयाेजनका लागि कम्पनीले मंसिर ६ गतेदेखि मंसिर २८ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, मंसिर ५ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
सूचना हेर्नुहाेस् :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।