Like us!
Follow us!

सानिमा बैंकले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

सानिमा बैंकले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

लगानी खबर, काठमाडाैँ - सानिमा बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । 

बैंककाे असाेज २२ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे १७औँ वार्षिक साधारण सभा कार्तिक १४ गते आइतबार, आम्रपाली ब्यांक्वेट, बालुवाटार, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । 

सभामा बैंककाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १७ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.८९ प्रतिशत नगद गरी कुल १७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले कार्तिक ७ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, कार्तिक ६ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

सूचना हेर्नुहाेस् : 

 

6162769d9ad70.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।