Like us!
Follow us!

युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

लगानी खबर, काठमाडाैँ - युनिलिभर नेपालको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनीले नगद लाभांश तथा वार्षिक साधारण सभा प्रयोजनका लागि भाेलि २५ असोजदेखि ११ कात्तिकसम्म बुक क्लोज गर्नेछ।

त्यसैले नेप्सेमा आज आइतबारसम्म कायम सेयरधनीले मात्रै प्रस्तावित लाभांश पाउनेछन् । कम्पनीले गत आर्थिक वर्षको फाइदाबाट प्रतिसेयर ६५० रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको छ । कम्पनीले ११ कात्तिकमा २८ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । 

सभामा लाभांश वितरणको प्रस्तावसहित आर्थिक वर्ष ०७७–७८ को नाफा नोक्सान, नगद प्रवाहमा छलफल गर्ने प्रस्ताव रहेको छ । यसका साथै, कम्पनीको  परियोजनाहरुको खर्चहरू पारित गर्ने, निर्देशक नियुक्त गर्ने लगायतका एजेन्डा छन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।