लगानी खबर, काठमाडौँ - डिप्रोक्स नेपालले २७औं वार्षिक साधारण सभा आह्वान गरेकाे छ । केन्द्रकाे हिजाे (भाद्र २५ गते, बिहीबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा आश्विन १८ गते आइतबार, विकास आयाेजना सेवा केन्द्र (डिप्रोक्स-नेपाल) काे केन्द्रिय कार्यालय, थापाथली, काठमाडौँकाे सभाहलमा अपरान्ह ३ बजेबाट सुरू हुनेछ ।
त्यसैगरी, सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदनमा छलफल तथा अनुमाेदन गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि बाह्य लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने, संस्थाकाे विधान संशाेधन गर्ने, सञ्चालक समितिकाे निर्वाचन गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।