Like us!
Follow us!

अरुण भ्यालीकाे साधारण सभा आज, यस्ता छन् पारित हुने एजेन्डा

अरुण भ्यालीकाे साधारण सभा आज, यस्ता छन् पारित हुने एजेन्डा

लगानी खबर, काठमाडाैँ - अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे वार्षिक साधारण सभा आज (असाेज २४ गते, आइतबार) हुँदैछ ।

कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे चाैबिसाैँ वार्षिक साधारण सभा होटल ल्याण्डमार्क दरबारमार्ग, काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान ११ बजेदेखि सुरू हुनेछ ।

कम्पनीको भदाै ३१ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५२६ प्रतिशत नगर गरी कूल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । याे लाभांश आजकाे सभामा पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले बाेनस सेयर वितरण गरेपश्चात् कायम हुने चुक्ता पुँजीकाे १:०.५० अर्थात् ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने घाेषणा पनि गरेकाे छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले असोज ११ गते बुकक्लोज गरेकाे थियाे । त्यसैले, असोज १० गतेसम्म नेप्सेमा काराेबार भइ कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।