Like us!
Follow us!

शिवम् सिमेन्टले २९ प्रतिशत लाभांश वितरण गर्ने

शिवम् सिमेन्टले २९ प्रतिशत लाभांश वितरण गर्ने

लगानी खबर, काठमाडाैँ - शिवम् सिमेन्ट लिमिटेडले २९ प्रतिशत लाभांश वितरण गर्ने भएकाे छ । कम्पनीले लाभांश वितरण गर्ने प्रस्तावसहित वार्षिक साधारण सभा बाेलाएकाे छ । 

कम्पनीकाे हिजाे असाेज २२ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे छैठाैँ वार्षिक साधारण सभा कार्तिक १६ गते, मंगलबार हाेटल साेल्टी, साेल्टीमाेड, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा कम्पनीकाे सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७/०७८ को मुनाफा रकम समेतबाट शेयरधनीहरूलाइ चुक्ता पूँजी ४ अर्ब ४० करोड रूपैयाँको २९ प्रतिशतका दरले हुन आउने एक अर्ब २७ करोड ६० लाख रूपैयाँ करसहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।