Like us!
Follow us!

डिप्रोक्स लघुवित्तकाे साधारण सभा आज हुँदै, यस्ता छन् पारित हुने एजेन्डा

डिप्रोक्स लघुवित्तकाे साधारण सभा आज हुँदै, यस्ता छन् पारित हुने एजेन्डा

लगानी खबर, काठमाडाैँ - डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २० औँ वार्षिक साधारण सभा आज (असोज २३ गते, शनिबार) चितवन गार्डेन रिसोर्ट भरतपुर चितवनमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभामा संस्थाकाे सञ्चालक बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद गरी कुल २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

संस्थाले साधारण सभामा तथा लाभांश वितरण प्रयोजनका लागि असोज १२ गते बुकक्लोज गरेको थियाे । त्यसैले, असोज ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरुले मात्र साधारण सभामा सहभागी हुन र लाभांश प्राप्त गर्नेछन् ।

त्यसैगरी, सभामा संस्थाको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक  नियुक्ती  गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।