Like us!
Follow us!

हकप्रद ल्याउने विशेष प्रस्तावसहित नारायणी डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

हकप्रद ल्याउने विशेष प्रस्तावसहित नारायणी डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

लगानी खबर, काठमाडौँ - नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले १८औं वार्षिक साधारण सभा आह्वान गरेकाे छ । बैंककाे भाद्र २५ गते बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा आश्विन १६ गते शुक्रबार, स्टार व्याङ्क्वेट रत्ननगर, चितवनमा दिउँसो १ बजेबाट सुरू हुनेछ ।

सभामा सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, बैंककाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।

यसैगरी, सभामा बैंकले हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । बैंकले हाल कायम चुक्ता पुँजी ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँकाे एक बराबर एककाे (१:१) अनुपातमा हकप्रद शेयर जारी गरी चुक्ता पुँजी  १३ करोड १२ लाख ३३ हजार ८ सय रूपैयाँ पुर्याउन लागेकाे हाे ।

त्यसैगरी,  बैंकले साधारण सभा प्रयाेजनका लागि आश्विन ८ गतेदेखि १६ गतेसम्म बैंककाे शेयर दाखिला खारेज बन्द गर्नेछ । तसर्थ आश्विन ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।