Like us!
Follow us!

डब्लूएचओद्वारा सन् २०२१ सम्म ४० प्रतिशतलाई लाई खोप लगाउने लक्ष्य निर्धारण

डब्लूएचओद्वारा सन् २०२१ सम्म ४० प्रतिशतलाई लाई खोप लगाउने लक्ष्य निर्धारण

लगानी खबर, काठमाडौं - विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सन् २०२१ को अन्त्यसम्ममा विश्वका कम्तीमा पनि ४० प्रतिशत जनसंख्यालाई खोप लगाइसक्नुपर्ने लक्ष्य निर्धारण गरेको छ ।

डब्लूएचओले विश्वका सबै देशमा सन् २०२२ को मध्यसम्ममा कम्तीमा पनि ७० प्रतिशत नागरिकले दुवै अर्थात् पूरा मात्रा खोप लगाउनुपर्ने लक्ष्य निर्धारण गरेको गत बुधबार   सार्वजनिक गरेको हो ।     
     
विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेडरस आधनम गेब्रियसले बुधबार  ती लक्ष्यका बारेमा विश्वका देशहरुलाई जानकारी गराएका छन् । उनले कोरोनाविरुद्धको खोप एक चुनौती बन्दै गएको भन्दै यसका लागि आवश्यक वातावरण बनाउन पनि विश्वका देशहरुलाई आग्रह गरेका छन् ।

उनले बाँच्न पाउनु हरेक नागरिकको अधिकार हो भन्दै विश्वका धनी देशहरुले गरिब तथा तेस्रो विश्वका देशहरुलाई कोरोनाविरुद्धको खोपको सहयोगका लागि पनि आग्रह गरेका छन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।