Like us!
Follow us!

सुनको मूल्यमा वृद्धि, तोलामा कति पुग्यो ?

सुनको मूल्यमा वृद्धि, तोलामा कति पुग्यो ?

लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको अन्तिम दिन आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (बिहीबार) तोलाको ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज शुक्रबार २ सय रुपैयाँले बढेर तोलाको ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।  

त्यस्तै, आज तेजावी सुनको मूल्य ९० हजार १ सय ५० रुपैयाँ कायम भएको छ ।  

त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो तोलाको ११ सय ७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज  पनि सोही मूल्यमा करोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

615fd79f47953.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।