Like us!
Follow us!

सिटिजन्स बैंकको सेयरमूल्य समायोजन

सिटिजन्स बैंकको सेयरमूल्य समायोजन

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिटिजन्स बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।

बैंकको १२.९१३ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ३ सय ५२ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारकाे अन्तिम कारोबार मूल्य ३ सय ९८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । 

बैंकको असोज ८ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.९१३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.०८७ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

615fa042b24c0.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।