Like us!
Follow us!

मध्य भोटेकोशीको आईपिओमा कति पर्यो आवेदन ?

मध्य भोटेकोशीको आईपिओमा कति पर्यो आवेदन ?

लगानीखबर, काठमांडौ- मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले  आज (असोज २० गते, बुधबार) बाट सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीको आईपीओमा पहिलो दिन नै मागभन्दा धेरै आवेदन परेको छ । 

निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार बुधबार साँझसम्म ५ लाख ५२ हजार १ सय ६७ जना आवेदकहरूले ८८ लाख ९१ हजार ९ सय ७० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि छुट्याइएको ८१ लाख ९० हजार भन्दा धेरै हो ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर ९आईपीओ० निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये, ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता सामुहीक लगानी कोष र ४ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ८१ लाख ९० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताहरूले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि असोज २५ गतेसम्म आवेदन दिन सक्नेछन् । यस अवधिमा सबै बिक्री नभएमा ढिलोमा कात्तिक ३ गतेसम्म आवेदन दिन सकिनेछ । 

त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गरेको छ । लगानीकर्ताहरूले सम्पूर्ण लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाहरू तथा मेरो सेयरमार्फत आईपीओ भर्न सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।