लगानी खबर, काठमाडौं - आज (बुधबार) पनि सेयर बजार वृधि भएको छ । कारोबार हप्ताको पहिलो र दोस्रो दिन घटेको सेयर बजार हिजो भने बढेको थियो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ६८.४७ अंकले बढेर २६८१.१० विन्दुमा पुगेको छ । आज नेप्से परिसूचक २.६२ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक १२.७२ अंकले ५०४.७३ विन्दुमा पुगेको छ ।
आज सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको पहिलो नम्बरमा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड रहेको छ । आज बैंकको २३ करोड ४ लाख ३७ हजार ९ सय २७ रुपैयाँको काराबार भएको छ ।
त्यसैगरी सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा क्रमश : एनआसी एशिया लघुवित्त, निर्धन उत्थान लघुवित्त, हिमालयन डिस्टिलरी लिमिटेड, छिमेक लघुवित्त, नेपाल बैंक, नेशनल हाइड्रोपावर, नबिल बैंक, अपि पावर कम्पनी र जीवन विकास लघुवित्त रहेका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।