Like us!
Follow us!

६८.४७ अंकले बढ्यो सेयर बजार, १० कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

६८.४७ अंकले बढ्यो सेयर बजार, १० कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

लगानी खबर, काठमााडौं - आज (बुधबार) पनि सेयर बजार वृद्धि भएको छ । साताकाे पहिलो र दोस्रो दिन घटेको सेयर बजार हिजो भने बढेको थियो । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ६८.४७ अंकले बढेर २६८१.१० विन्दुमा पुगेको छ । आज नेप्से परिसूचक २.६२ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक १२.७२ अंकले ५०४.७३ विन्दुमा पुगेको छ । बुधबार सेन्सेटिभ परिसूचक २.५९ प्रतिशतले बढेको हो । 

कूल २२७ कम्पनीको ८१ लाख ८९ हजार ८ सय ९० कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५० करोड ६ लाख ५८ हजार १ सय ४२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएको १३ उपसमूहमध्य आज सबै उपसमूको सूचक बढेको छ । बुधबार १० कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज किसान लघुवित्त, प्रोग्रेशिभ फाइनान्स, ग्रिन डेभलपमेन्ट बैंकलगायतका कम्पनीमा सकारात्मक सर्किट लागेको हो । 

आज सबैभन्दा धेरै सेयर मूल्य घट्ने कम्पनीहरुका पहिलो नम्बरमा रिडी हाइड्रोपावर रहेको छ । आज कम्पनीको सेयर मूल्य २.१६ प्रतिशतले घटेर ६ सय ८३ रुपैयाँ ९० पैसा पुगेको छ । 

त्यस्तै, आज सिटिजन्स बैंकको सर्वाधिक कारोबार भएको छ । आज बैंकको २३ करोड ४ लाख ३७ हजार ९ सय २७ रुपैयाँको कारोबार भएको छ । 

हेरौं आजको तालिका :

615d6e1900d03.JPG 615d6e1a68965.JPG 615d6e1c03ebf.JPG 615d6e1dce96f.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।